२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

‘आधारभूत शिक्षा तथा साक्षरता’मा सानिमा रिलायन्स लाइफको साथ 

Nada
२०८१ भदौ २५ गते २१:२७
Shares
‘आधारभूत शिक्षा तथा साक्षरता’मा सानिमा रिलायन्स लाइफको साथ 

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र अन्तर्राष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सहमति भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्स्योरेन्सले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

ncell

अन्तर्राष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच आईतबार सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । 

सहमतिपत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सक संचालका समितिका अध्यक्ष रतनलाल केडिया र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का अध्यक्ष राजेन्द्रमान शेरचनले हस्ताक्षर गरेका थिए ।

सहमतिअनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई ५ लाख रुपैयाँ रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये साढे २ लाख रुपैयाँ शौचालय निर्माणको लागि र बाँकि रकम संस्थाको विभिन्न रोटरी क्लबहरुमार्फत् देशका सामुदायिक तथा सार्वजनिक स्कूलहरुमा संचालन हुने कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिनेछ । 

अध्यक्ष केडियाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको विभिन्न क्षेत्रमा योगदान दिन सदैव तत्पर रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर