२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते २१:३०
लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं : लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको तीनकुनेमा लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा आएको हो ।

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर शुरु गरिएको कम्पनीले जनाएको छ । सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जांच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ । 

सेन्टरमा सबै प्राविधिकहरु इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न् । सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ठ पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरु जडान गरिएको कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise