२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पूर्वमुख्यमन्त्री कार्की पुनः अनसनमा 

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते १०:४२
पूर्वमुख्यमन्त्री कार्की पुनः अनसनमा 

काठमाडौँ : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन थालेका छन् । मंगलबार अनसनबाट उठाएर प्रहरीले उनलाई घरमा पुर्‍याइदिएका थिए । 

प्रदेशसभा भवन आसपास निषेधित क्षेत्र तोकिएका कारण उनलाई प्रहरीले त्यहाँबाट नियन्त्रणमा लिएका थिए । प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर बुढीगंगा गाउँपालिका-२ स्थित उनको घर पुर्‍याइदिएको थियो । तर उनी मंगलबार राति नै फर्किएर अनसन थालेका हुन् ।

कार्की अहिले विराटनगरस्थित अदालत जाने बाटोमा अनसन बसेका छन् । आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की अनसनमा बसेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise