२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

उपसभामुख रानाले मार्गप्रशस्त गर्दा उपयुक्त हुने कांग्रेसको निष्कर्ष

draupadi film
मध्यान्ह
२०८१ भदौ २६ गते ११:५८
उपसभामुख रानाले मार्गप्रशस्त गर्दा उपयुक्त हुने कांग्रेसको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

कुटनीतिक नियोगलाई पत्र लेखेर उपसभामुखले गर्नै नहुने काम गरेको र यसले नेपालको संसदलाई नै अपमान गरेको कांग्रेसको बुझाइ रहेको घिमिरेले बताए ।

यस विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कांग्रेस संसदीय दलको बैठक र सत्तारुढको समेत बैठक बसेर साझा धारणा बनाइने उनले बताए ।

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो । 

उक्त विषय राष्ट्रहित विपरित र पदीय गरिमाविपरित भएको भन्दै सत्तारुढ दलहरूले मंगलबारबाट राजीनामाको विषय उठाएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise