२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

धनराजको डिभोर्स संसदको बहस बन्न सक्दैन, सहकारी ठगीको छानविन हुन्छ : कांग्रेस

shivam cement
२०८१ भदौ २६ गते १३:३१
Shares
धनराजको डिभोर्स संसदको बहस बन्न सक्दैन, सहकारी ठगीको छानविन हुन्छ : कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका पार्टी उपसभापति धनराज गुरुङमाथि छानबिन गराउन तयार रहेको बताएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले उपसभापतिको विषयमा कांग्रेसको धारणा क्लियर रहेको बताए।

उनले भने, ‘उहाँले गल्ती गर्नुभएको छ भने सजाय भोग्नुहुन्छ । तर, नक्कली डिभोर्सको कुरा उठ्यो। डिभोर्स पनि कहिँ नक्कली हुन्छ ? कानून बमोजिम भएको कुरा नक्कली हुँदैन। उहाँले कानूनी रुपमा डिभोर्स गरेपछि उहाँको कुरा हुन्छ हुँदैन हेर्ने बिषय हुन्छन् । डिभोर्सको बिषयमा छलफल हुन सक्दैन।’

उनले उपसभापति आफैंले छानबिनको लागि तयार रहेको बताइसकेकाले अनुसन्धान प्रकिया अघि बढाउन पार्टी तयार रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर