२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

shivam cement
२०८१ भदौ २६ गते १३:५१
Shares
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाडौँ : सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ । बुधबारको प्रतिनिधि सभामा बोल्दै कांग्रेसका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन्

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियारले पत्रमा हस्ताक्षर गर्न हुने नहुने उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने बताइन् । उनले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गरिन् । 

त्यसै सांसद प्रतिमा गौतमले उपसभामुख जस्तो पदमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरूपयोग भएको बताउदै राजीनामा दिन सुझाव दिएकी छन् । उपसभामुखमाथि प्रश्न उठेको छ यो गम्भीर अपराधसमेत हो,भनिन्, ‘जसका सन्दर्भमा स्वयम उपसभामुखले गत साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकार गरिसक्नुभएको छ।’

मंगलबारको प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसदहरूले उपसभामुखको आचरणलाई लिएर राजीनामा माग गरेका थिए। 

ताजा खबर

सम्बन्धित खबर