२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

थकाली लङ ग्रेन बास्मती चामल खरिदमा उपहार पाइने

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते २०:४५
थकाली लङ ग्रेन बास्मती चामल खरिदमा उपहार पाइने

काठमाडौं : सेञ्चुरी फुडको थकाली लङ ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउने भएका छन् । आँउदो चाडपर्वको उपलक्ष्यमा उक्त चामलले उपहार योजना ग्राहकहरु माझ लिएर आएको हो ।

सो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकल देखि कार सम्म पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

थकाली लङ ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिटमार्फत् उक्त योजनाको घोषणा गरेको हो । कम्पनीको अनुसार हरेक बोरा मा आकर्षक उपहारहरु राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाचका साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले पाउन सक्नेछन् ।

साथसाथै केहि भाग्यशाली ग्राहकहरुले थकाली लङ ग्रेन बास्मती चामलको खरीदमा उपहार स्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise