२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

उपसभामुख रानाको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय 

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते ११:०४
उपसभामुख रानाको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा राना मगरको पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बैठकले उपसभामुख राना मगरको पक्षमा उभिने निर्णय गरेको हो । 

सत्तारूढ  एमाले र कांग्रेसले दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाउने तयारी थालेका छन् । सोही प्रयोजनका लागि एमाले र कांग्रेसले संसद्हरुलाई असोज ३ सम्म उपत्यका नछाड्न ह्वीप जारी गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नै उपसभामुखविरुद्ध ‘पदीय मर्यादा अनुकूलको आचरण नभएको’ प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएका थिए । तर दुइ तिहाइ अनिश्चित र कांग्रेसमा आन्तरिक मतभेद देखिएपछि तत्कालका लागि प्रक्रिया रोकिएको थियो । 

संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख र उपसभामुख पदबाट मुक्त हुने तीन वटा अवस्था उल्लेख गरिएको छ  । प्रतिनिधिसभाको सदस्य नरहेमा, लिखित राजीनामा दिएमा र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने व्यवस्था छ ।

ADVADV

सम्बन्धित खबर

Advertise