२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

Nada
२०८१ भदौ २७ गते १२:१५
Shares
पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

काठमाडौंः पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ । ‘क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ’, फुजिमोरीकी छोरा केइकोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

ncell

गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उनको परिवारनिकट स्रोतले बुधबार एएफपीलाई बताएको थियो । लिमाको मिराफ्लोरेस जिल्लाको एक क्लिनिकबाट निस्कँदै गर्दा उनलाई अन्तिम पटक बिहीबार सार्वजनिक रूपमा देखिएको थियो। 

सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति बनेका फुजिमोरीलाई डिसेम्बरमा मानवीय आधारमा जेलबाट रिहा गरिएको थियो। उनले पेरूको शाइनिंग पाथ र टुपाक अमारु वामपन्थी विद्रोही विरुद्धको युद्धमा सरकारी सेना शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी आन्दोलनलाई दबाउने भूमिकाका लागि समर्थकले उनलाई एक सफल राजनीतिज्ञका रूपमा सम्झिने गर्छन् भने पेरुका शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोहीले उनलाई एक निरङ्कुश शासकको रूपमा हेर्ने गर्छन् ।

सरकारी सत्यनिरूपण आयोगका अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा ६९ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २१ हजार बेपत्ता भएका थिए । (एजेन्सी)

सम्बन्धित खबर