२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाए सिंहदरबार, कार्यसम्पादन सम्झौता हुने 

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १२:२२
प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाए सिंहदरबार, कार्यसम्पादन सम्झौता हुने 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका छन् ।

मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्य योजना मागेका प्रधानमन्त्री ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्नको लागि बिहीबार (आज) मन्त्रीहरूलाई सिंहदरवार बोलाएका हुन् ।

दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदरवारमा बोलाएको बताइएको छ । मन्त्रीहरूले कार्य योजना पेस गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।

सुशासन र स्थिरताका लागि भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको दुई महिना पुग्न लागेको छ । तर सरकार र मन्त्रीहरूले जनसरोकारका विषयमा देखिने गरी काम गर्न नसकेको नागरिकको गुनासो कम हुन सकेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise