२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

इजरायली आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १३:४७
इजरायली आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु

काठमाडौँ : इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा पहिले नै धेरै पटक हवाइ हमला भइसकेको छ । पछिल्लो हमलामा राष्ट्रसंघद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ ।

“इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित अल–जौनी स्कुलमा पाँचौँ पटक बम प्रहार गरेको छ । आक्रमणमा दुई युएनआरडब्लुए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको ज्यान लिएको छ । यसैगरी आक्रमणमा १८ भन्दा बढी घाइते भएको गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सीलाई उद्धृत गर्दै टेलिग्राममा लेखेका छन् ।

युएनआरडब्लुएले नुसिरात विद्यालय क्षेत्रमा भएका इजरायली आक्रमणमा आफ्ना छ जना कर्मचारीको मृत्यु भएको जनाएको छ । मृतकमध्ये आश्रयका प्रबन्धक र विस्थापित मानिसलाई सहायता प्रदान गर्ने टोलीका अन्य सदस्यहरू रहेको राष्ट्रसंघीय निकायले जनाएको छ ।

गाजामा धेरै विद्यालयहरू विस्थापितलाई आश्रय दिन पुनः निर्माण गरिएको छ भने विद्यालयमा बारम्बारको युद्धले बिथोलिएका गाजाको जनसङ्ख्याको ठुलो हिस्साले आश्रय लिई रहेको छ ।

इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दै प्यालेस्टिनी तथा विस्थापित नागरिकबिच लुकेको आरोप हमासले अस्वीकार गरेको छ । इजरायली सेनाले विज्ञप्तिमार्फत अल-जावनी क्षेत्र भित्र हमासको कमान्ड र नियन्त्रण केन्द्रमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise