२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

लामो समय संवैधानिक निकाय रिक्त नराख्न प्रधानमन्त्रीलाई ‘प्रचण्ड’को सुझाव

Nada
२०८१ भदौ २७ गते १४:१३
Shares
लामो समय संवैधानिक निकाय रिक्त नराख्न प्रधानमन्त्रीलाई ‘प्रचण्ड’को सुझाव

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायहरू लामो समय रिक्त नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

ncell

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीलाई सम्भव भएसम्म शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिन आग्रह गरेका हुन् ।

सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बुधबार बोलाएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।

सम्बन्धित खबर