२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १६:५९
प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूले आज कार्यसम्पादन सम्झौता गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर  गरिएको हो । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो । 

अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन् ।

प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ । लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्यांकन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।

नेपाल बाहिर रहेका कारण आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुने छ ।

प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौतापछि सरकारको काम थप योजना र सक्रियतासाथ अघि बढ्ने विश्वास व्यक्त गरे । ‘हाम्रो कमजोरी बिस्तारै गर्ने विगतको अभ्यास छ । ढिलो र अलमल गर्ने, अलमल र विश्राम गर्ने सुविधा अव हामीसँग छैन । गतिमा तीव्रता, काममा योजनाबद्धता चाहिन्छ । पारस्परिक साथ र सहयोग चाहिन्छ’, प्रधानमन्त्री ओलीको भनाइ  छ ।

ADVADV

सम्बन्धित खबर

Advertise