२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको निधन

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १९:४१
भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको निधन

एजेन्सी : भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निमोनियाका कारण निधन भएको छ । उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आइसियु)मा स्थानान्तरण गरिएको थियो । 

सीपीआई (एम)का नेता हन्नान मोल्लाले भने, ‘सीपीआई (एम) का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।’ उनले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज रहेको बताए ।

७२ वर्षीय येचुरीको बिहीबार दिउँसो स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ । परिवारले उनको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ । 

३२ वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहनुभएका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गरेका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ थिए । यसबाहेक उनले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बंगालको प्रतिनिधित्व गरेका थिए ।

यसैबीच भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ । 

लोकसभामा विपक्षी नेता तथा कांग्रेस नेता राहुल गान्धीले बिहीबार येचुरीको निधनप्रति दुःख व्यक्त गरे । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा येचुरीसँगको तस्बिर सेयर गर्दै उनले भने, ‘सीताराम येचुरीजी साथी हुनुहुन्थ्यो, हाम्रो मुलुकलाई गहिरोसँग बुझ्ने भारतको विचारको संरक्षक । दुःखको यस घडीमा उहाँको परिवार, इष्टमित्र र अनुयायीहरूप्रति मेरो गहिरो समवेदना ।’

ADVADV

सम्बन्धित खबर

Advertise