२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विवादास्पद अभिव्यक्ति दिएको भन्दै मेटमणि चौधरीलाई स्पष्टीकरण

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते २१:५४
विवादास्पद अभिव्यक्ति दिएको भन्दै मेटमणि चौधरीलाई स्पष्टीकरण

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टीका उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ । महासचिव घनश्याम भुसालले चौधरीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका हुन् ।  संघीय सांसद पार्टीका प्रमुख सचेतक समेत रहेका चौधरीले एक टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए ।

‘लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ। मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ,’ कालापानी र लिपुलेक भारतको हो नि’ भन्नुभएको रहेछ,’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

चौधरीको उक्त अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा आफ्नै पार्टीका कार्यकर्ताहरूले  आपत्ति जनाएका छन् । पार्टीका शीर्ष नेताहरूलाई यस्ता विषयमा गम्भीर बन्न नेता कार्यकर्ताहरूलाई सचेत गराउन भन्दै टिप्पणी गरेका छन् । चौधरीको विवादास्पद अभिव्यक्तिपछि कार्यकर्ता आक्रोशित हुँदै कारबाहीको माग समेत गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise