२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीले लिए शपथ 

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते १०:३६
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीले लिए शपथ 

विराटनगर : कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । लामो समयको प्रतीक्षापछि कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएसँगै मन्त्रिपरिषद् विस्तार भएको हो  । 

सरकार विस्तार भएसँगै नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise