२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते १२:०३
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

एजेन्सी : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार १३ सेप्टेम्बरमा जमानत दिएको छ ।

दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा उनलाई सर्वोच्च अदालतबाट जमानत मिलेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलासले केजरीवाललाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

केजरीवालले ईडी मुद्दामा जुलाई १२ मै सर्वोच्च अदालतबाट जमानत पाइसकेका छन् ।

मुख्यमन्त्री केजरीवालले केन्द्रीय जाँच ब्युरो(सीबीआई) द्वारा गरिएको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise