२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमाले सचिवालय बैठक साढे २ बजेका लागि सर्‍यो 

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते १४:०८
एमाले सचिवालय बैठक साढे २ बजेका लागि सर्‍यो 

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो । पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने उनले बताए । यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise