२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कृष्णनगरमा गणेश मूर्ति विसर्जन

ADV
शहबाज खान
२०८१ भदौ २८ गते २२:०५
कृष्णनगरमा गणेश मूर्ति विसर्जन

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा शुक्रबार गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ ।
कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाइमा कृष्णनगरको गोलघरबाट मूर्ति विसर्जनको यात्रा शुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराइ विसर्जन गरेका छन् ।

कृष्णनगर बजार क्षेत्रमा गणेश चतुर्थीको अवसरमा तीन स्थानमा मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी  मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेशमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी धूमधामका साथ मनाएर स्थापना गरिएका मूर्ति विसर्जन गर्ने गरिन्छ । मूर्ति विसर्जनका क्रममा अप्रिय घटना नहोस् भनेर प्रहरीको कडा सुरक्षा व्यवस्थाका बीचमा मूर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थलसम्म पुर्‍याइएको थियो । 

कृष्णनगरमा बजार क्षेत्र हुँदै जाने पुजापाठ गरी स्थापना गरिएका मूर्तिहरु सुरक्षा दिइ शान्तिपूर्वक विसर्जन भएको इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । 

मूर्ति विसर्जनमा सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेद्र न्यौपानेको कमाण्डमा समेत सशस्त्र प्रहरी सुरक्षार्थ खटिएको थियो । 

कृष्णनगमा मूर्ति विसर्जनको क्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत्त सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise