२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संवैधानिक परिषद्‍मा बहुमत नजुटेपछि सरकार उपसभामुख हटाउने खेलमा : प्रभु साह

ADV
मध्यान्ह
२०८१ भदौ २९ गते १८:००
संवैधानिक परिषद्‍मा बहुमत नजुटेपछि सरकार उपसभामुख हटाउने खेलमा : प्रभु साह

काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउने षडयन्त्रमा लागेको बताएका छन् । 

आजपा निकटको आईटी आर्मीले शनिवार काठमाडौंको गौशाला पशुपतिमा आयोजना गरेको काठमाडौं उपत्यका स्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले मनोमानी गर्नका लागि उपसभामुखलाई हटाउने खेल आफूलाई स्वीकार्य नभएको उनले बताए । 

‘महिनौ पहिलाको घटनालाई जोडेर उपसभामुखलाई हटाउन अहिले आएर हटाउन खोज्नु हामीलाई स्वीकार्य छैन । जब संवैधानिक परिषदमा बहुमत नपुगेपछि सरकारले पुरानो मुद्धा कोट्याउँदै उपसभामुखलाई हटाउने र मनोमानी गर्ने खेलमा लागेको छ, यो हामीले कदापी स्वीकार्य गर्दैनौं’ आजपा अध्यक्ष साहले भने, ‘यदी उपसभामुले गल्ती गरेको हो भने उनलाई दण्ड गर्न सकिन्छ । पहिला पालैपाले सरकारमा सहभागि भएको कांग्रेस र एमालेले पहिले यो मुद्धा किन छोड्यो र अहिले आएर किन बोक्यो ? मनमौजी गर्न नपाउँने पछि जे पनि गर्ने ?’ 

ADVADV

सम्बन्धित खबर

Advertise