२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

संसद खुलाउन सभामुखले प्रमुख दलसँग छलफल गर्दै

Nada
२०८१ भदौ ३० गते १०:४९
Shares
संसद खुलाउन सभामुखले प्रमुख दलसँग छलफल गर्दै

काठमाडौँ : बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गरेका छन् ।

ncell

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरिका अनुसार सभामुखले आज बिहान ११ः३० बजे हुने बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), प्रमुख विपक्षी दल (माओवादी केन्द्र) तथा प्रतिपक्षी दलद्वय राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकलाई छलफलमा आमन्त्रण गरेका हुन् । 

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरुले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरुले संसद्मा अवरोध गरे । 

उक्त पार्टीका सांसदले आजको बैठकमा पनि अवरोध गर्ने घोषणा सार्वजनिक गरेपछि निकासका निम्ति सभामुखले बैठक बोलाएका हुन् । प्रतिनिधिसभाको आजको बैठक अपराह्न १३ः०० बजेका निम्ति आह्वान गरिएको छ । 
 

सम्बन्धित खबर