२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल शुरु 

draupadi film
मध्यान्ह
२०८१ भदौ ३० गते १२:२३
राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल शुरु 

काठमाडौं : सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठक शुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक शुरु भएको हो । 

नेकपा (माओवादी केन्द्र)ले आजको सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् । 

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरुले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरुले संसद्मा अवरोध गरे । 

उक्त पार्टीका सांसदले आजको बैठकमा पनि अवरोध गर्ने घोषणा सार्वजनिक गरेपछि निकासका निम्ति सभामुखले बैठक बोलाएका हुन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise