२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

समुद्री आँधीका कारण म्यानमारमा ७४ जनाको मृत्यु, ६५ हजार घर ध्वस्त

draupadi film
मध्यान्ह
२०८१ भदौ ३० गते १४:२४
समुद्री आँधीका कारण म्यानमारमा ७४ जनाको मृत्यु, ६५ हजार घर ध्वस्त

नेपिड : म्यानमारमा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । कयौँ अझ बेपत्ता रहेको बताइएको छ । यागीसँग आएको मुसलधारे वर्षा, बाढी र पहिरोमा परेर जाँदा ठुलो सङ्ख्यामा हताहत भएको त्यहाँको सरकारी सञ्चार माध्यमले आइतबार भनेको छ ।

बाढीका कारण ४५० गाउँ र वडा डुबानमा परेको म्यानमार न्युज एजेन्सी (एमएनए)ले भनेको छ । बेपत्ता ८९ जनको खोजीकार्य र उद्धारको काम भइरहेको बताइएको छ । आँधीका कारण ६५ हजार घर ध्वस्त भएको एमएनएले भनेको छ । 

यागी यसवर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । यसले दक्षिण चीनदेखि फिलिपिन्स र भियतनाम हुँदै म्यानमारमा उत्पात मच्चाएको छ ।

भियतनाममा यो आँधीका कारण मर्नेको संख्या २२६ पुगेको थियो । गत हप्ता थाइल्यान्डमा पनि ९ जनाको मृत्यु भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise