२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने समय भयो : रेशम चौधरी

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते १७:३२
टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने समय भयो : रेशम चौधरी

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटना गराउनेको नाम सार्बजनिक गर्नुपर्ने समय भएको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल समाजवादी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले प्रश्न गरे, ‘हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ?’ थारुहरूलाई जबरजस्ती दोषी बनाइएको भन्दै उनीहरूलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताएका छन् । 

टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको भन्दै उनले गिरिशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेको बताए । ‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ। टीकापुरको अब नाम भन्ने बेला आएको छ’, चौधरीले भने ।

साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखद भएको पनि चौधरीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise