२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते १४:४३
‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध जारी राख्ने निर्णय गरेको छ । ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको हो ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको थियो । छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो । 

भदौ १२ को प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेका थिए । उक्त शब्दमा माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले उक्त शब्द रेकर्डबाट हटाउने नहटाउने भन्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए ।

सभामुख घिमिरेले उक्त शब्द असंसदीय नभएको र रेकर्डबाट नहटाउने भन्दै रुलिङ गरेका थिए । सोही विषयमा माओवादीले शुक्रवार दलको बैठक बसेर प्रतिकार गर्ने र सदन चल्न नदिने निर्णय गरेको थियो । 

माओवादी जनयुद्धलाई हिंसा भन्ने एमालेले प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट नहटाउने सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग छ । उक्त शब्द नसच्याएसम्म संसद अवरोध कायम राख्ने निर्णय माओवादीले गरेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise