२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

‘सदनमा गैरसंवैधानिक शब्द प्रयोग नगरौँ’

Nada
२०८१ भदौ ३० गते १५:५४
Shares
‘सदनमा गैरसंवैधानिक शब्द प्रयोग नगरौँ’

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेनु चन्दले आफ्नो पार्टीले नेतृत्व गरेको सशस्त्र सङ्घर्षलाई गलत नियतका साथ ‘हिंसा’का रुपमा अथ्र्याइनु गैरसंवैधानिक भएको दाबी गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जनताले आफ्ना अधिकारका लागि सङ्घर्ष गर्नुलाई हिंसा मान्न नसकिने बताइन् ।

ncell

“आफ्नो अधिकारका लागि युद्ध गर्नु हिंसा होइन । जनताले लडेको युद्ध कहिल्यै हिंसा हुन सक्दैन”, सांसद चन्दले भनिन्, “गरिमामय संसदमा असंवैधानिक शब्दको प्रयोग गर्न पाइँदैन, पटकपटक जनयुद्धको अपमान गर्ने कार्य बन्द गर्नुहोस् ।”

नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले सत्ता मोह त्यागेर आमनागरिकका समस्या समाधानमा केन्द्रित हुन राजनीतिक दल र सरकारलाई आग्रह गरिन् । स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा युवा पलायन बढेको उल्लेख गर्दै उनले युवा उद्यमशीलताका कार्यक्रम ल्याउन सरकारसँग माग गरिन् ।

माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले नेपालगञ्जस्थित कर्णाली प्रदेश तालिम केन्द्रलाई यथाशीघ्र प्रदेश राजधानी सुर्खेतमा स्थानान्तरण गर्न सरकारको ध्यानर्कषण गराए । 

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद इन्दिरादेवी गौतम चाडपर्व नजिकिँदै गरेको अवस्थामा सडक यात्रालाई थप सुरक्षित बनाउने योजना ल्याउन सरकारलाई सुझाव दिइन् ।

सम्बन्धित खबर