२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘१० पटक फोन गर्दासमेत कर्मचारीले टेर्दैनन् प्रधानमन्त्रीलाई’

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते १७:३९
‘१० पटक फोन गर्दासमेत कर्मचारीले टेर्दैनन् प्रधानमन्त्रीलाई’

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन कर्मचारीले अटेरी गर्ने गरेको बताएका छन् । प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले नटेर्ने अवस्था रहेको उनले बताए ।  

नेपाल समाजवादी पार्टी (नेसपा) को पार्टी स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा बोल्दै उनले १० वर्ष जनक्रान्ति गरेर राजनीतिक र सामाजिक परिवर्तन ल्याएका प्रधानमन्त्री ‘प्रचण्ड’लाई समेत कर्मचारीले नटेर्ने गरेको उनको भनाइ छ । 

राउतले भने, ‘दश वर्षमा माओवादीले ठुलो जनक्रान्ति गर्‍यो । राजनीतिक र सामाजिक धेरै परिवर्तन आए । क्रान्तिको नेतृत्व गरेका ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन् । मेरै अगाडि प्रधानमन्त्रीले १० पटक कर्मचारीलाई फोन गर्दा टेर्दैनन् । त्यस्तो अवस्था छ, राज्य संयन्त्रको । त्यसका लागि सडकबाट नै आन्दोलन गर्नुपर्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise