२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अवैध लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

shivam cement
२०८१ भदौ ३० गते १७:५१
Shares
अवैध लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

कैलालीः धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपलिका–८ क्याम्पस चोक बस्ने २१ वर्षीय सुवास थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर