२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

Nada
२०८१ भदौ ३० गते १९:१२
Shares
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

ncell

यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । सो क्रममा आयोगले पनि मंसिर १६ गते नै उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।

निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको रिक्त ३९ पद नगरपालिका, गाँउपालिका, जिल्ला समन्वय समितिको प्रमुख देखि लिएर वडा अध्यक्ष सम्मको पद खाली भएको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

सम्बन्धित खबर