२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

माओवादीको प्रश्न- जनयुद्धलाई हिंसा भन्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने ?

shivam cement
२०८१ भदौ ३१ गते १४:१२
Shares
माओवादीको प्रश्न- जनयुद्धलाई हिंसा भन्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने ?

क‍ाठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जनयुद्धलाई हिंसा भन्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले विस्तृत शान्ति सम्झौता र संविधानविपरीत अभिव्यक्ति दिएको बताएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

उनले माओवादीको जनयुद्धलाई हिंसा भन्ने हो भने त्यसअघि विभिन्न कालखण्डमा भएका संघर्षहरूलाई के भन्ने भन्दै प्रश्नसमेत गरे । उनले प्रश्न गरे, 'क्रान्तिलाई हिंसाको रूपमा ब्याख्या गर्ने हो भने झापा आन्दोलनलाई उग्र बामपन्थी भड्काव मात्र भन्ने कि हिंसात्मक गतिविधि?  २००७ साललाई के भन्ने ?'

बस्नेतले माओवादीको जनयुद्ध समस्या नभइ समाधान भएको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर