२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जसपा नेपालले संविधान दिवसको विरोध गर्ने

shivam cement
२०८१ असोज १ गते १५:०९
Shares
जसपा नेपालले संविधान दिवसको विरोध गर्ने

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असोज ३ गतेको संविधान दिवसको बिरोध गर्ने भएको छ ।

यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि दबाब दिन सो दिन विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्ने बताएका छन् ।

संविधान सच्याउन यसको संशोधन, परिमार्जन र पुनर्लेखन गरी संघीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन लगायतका परिवर्तनहरू गरी संविधान सबै समुदायका मानिसहरूले स्वामित्व लिन सक्ने हुनुपर्ने यादवको भनाइ छ ।


 

ताजा खबर

सम्बन्धित खबर