२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

विद्युत महसुल नतिर्ने ३ हजार घरको लाइन काटियो, झण्डै ६ करोड बक्यौता उठ्न बाँकी

ADV
सुनिल आउजी
२०८१ जेठ ३० गते २२:१४
विद्युत महसुल नतिर्ने ३ हजार घरको लाइन काटियो, झण्डै ६ करोड बक्यौता उठ्न बाँकी

धनगढी : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका समयमै विद्युत महसुल नबुझाउने तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ । सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ लाख बक्यौता रकम मध्ये लाइन काटेर प्राधिकरणले साढे चार करोड महसुल असुल गरेको प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जंगबहादुर चन्दले बताए ।

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सय १२ जना ग्राहको विद्युत लाइन काटेको छ । विद्युत महसुल तिर्न अटेरी गर्दा बाध्य भएर लाइन काट्नु परेको उनको भनाइ छ । सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन काटिएको हो । 

प्राधिकरणले लाइन काटेका तीन हजार ७ सय १२ ग्राहक मध्ये २ हजार ५ सय ६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन् । लाइन काटिएका एक हजार एक सय ५० ग्राहकले अझै लाइन जोडेका छैनन् ।

लाइन जोड्ने ग्राहकबाट प्राधिकरणले यो वर्ष चार करोड ५३ लाख ७४ हजार बक्यौता रकम असुल भएको निर्देशक चन्दले बताए । प्राधिकरणले सुदूरपश्चिमका नौ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत सेवा प्रदान गरिरहेको छ । सुदूरपश्चिममा प्राधिकरणका तीन लाख ६७ हजार २७० ग्राहक रहेका छन् । यो संख्या गत वर्षको भन्दा २८ हजारले बढेको निर्देशक चन्दले बताए । सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्न थालेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise