२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रवि लामिछानेलाई समितिले क्लीन चिट होइन क्लियर चिट दिएको छ : विश्वप्रकाश शर्मा

ADV
मध्यान्ह
२०८१ असोज २ गते १२:४६
रवि लामिछानेलाई समितिले क्लीन चिट होइन क्लियर चिट दिएको छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पार्टीको नाम फेर्न सुझाएका छन् । प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘कतिपय असन्तुष्टिको माहोलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभयो, एउटा आकार बनाउनुभयो। अब स्वतन्त्र छोडेर दलको नाम जुराउने साहस राख्नोस् । शुभकामना !’

उनले सहकारी छानबिन समितिको प्रतिवेदनले ‘क्लिन चिट’ कि ‘क्लियर चिट’ ? दिएको भन्नेमा प्रष्ट हुन आग्रह गरेका छन् । शर्माले थपेका छन्, ‘प्रचलित कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ । बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ– बेइमानी । अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै !’

ADVADV

सम्बन्धित खबर

Advertise