२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एमालेको वार्षिक कार्ययोजना : आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्य (पूर्णपाठ)

ADV
मध्यान्ह
२०८१ असोज २ गते १५:३२
एमालेको वार्षिक कार्ययोजना : आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्य (पूर्णपाठ)

काठमाडौँ : नेकपा एमालेले २०८४ मा सम्पन्न हुने आम निर्वाचनमार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको छ ।  केन्द्रले बनाएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी कमिटीलाई एमालेले सर्कुलर गरेको छ ।

हालै सम्पन्न सचिवालयले अन्तिम रूप दिएर पार्टी कमिटीमा पठाएको एमालेको २४ पेज लामो एक वर्षे कार्ययोजनामा आगामी एक वर्षभित्र गर्नुपर्ने कामहरूको सूची समेटिएको छ ।

जसमा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ । 

त्यस्तै पार्टी जीवनको शुद्धीकरण, आर्थिक सामाजिक रूपान्तरण र जनचासोको सम्बोधनलाई पनि एमालेले कार्ययोजनामा समेटेको छ ।

 

पूर्णपाठ

 


ADVADV

सम्बन्धित खबर

Advertise