२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कोशीका मुख्यमन्त्रीले मागे विश्वासको मत

Nada
२०८१ असोज २ गते १६:०६
Shares
कोशीका मुख्यमन्त्रीले मागे विश्वासको मत

काठमाडौँ : प्रदेश सभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत मागेका हुन् ।

ncell

‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केही सकारात्मक सन्देश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको छ’, उनले भने, ‘प्रदेशमा आशाको सञ्चार सिर्जना गरेको छ ।’

माओवादी केन्द्रले सरकार छाडेपछि कार्कीले विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सभामा सत्तारुढ काँग्रेस र एमालेको स्पष्ट बहुमत छ । काँग्रेस, एमाले गठबन्धन बनेपछि नै कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 

सम्बन्धित खबर