२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

ADV
मध्यान्ह
२०८१ असोज २ गते १७:१५
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ ।

प्रदेश सभामा  विपक्षमा १५ मत परेको छ । ८३ सांसद उपस्थित थिए । नेकपा एकीकृत समाजवादी भने मत विभाजनको प्रक्रियामा सामेल नै भएन ।

उनले प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा एमाले र कांग्रेसका सांसदहरूले मतदान गरेका हुन् ।  प्रदेशसभामा एमालेबाट उपसभामुख बाहेक ३९ र कांग्रेसका २९ सांसद छन् । दुई पार्टीको सांसद सङ्ख्या ६८ जनाको छ । यद्यपि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन सत्ता पक्षकै २ सांसद अनुपस्थित भए ।

बैशाख २७ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले बैशाख ३१ मा विश्वासको मत लिएका थिए । तर  माओवादी केन्द्रले १४ भदौमा सरकारलाई समर्थन गरेको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज पून विश्वासको मत लिएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise