२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

Nada
२०८१ असोज २ गते १८:०४
Shares
उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ : स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरेको छ । आउँदो मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन आयोगबाट कार्यतालिका सार्वजनिक भएको हो । 

ncell

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना २०८१ असोज ९ गते प्रकाशन हुनेछ । असोज १० गतेदेखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गरिने भएको छ । 

असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको छ । 

त्यसैगरि कार्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्दै मङ्सिर १६ मा मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलापसहित निर्वाचन कार्यतालिका स्वीकृत भएको छ ।


 

सम्बन्धित खबर