२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रास्वपाको प्रस्ताव : गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशसभा खारेज 

ADV
मध्यान्ह
२०८१ असोज २ गते १८:२५
रास्वपाको प्रस्ताव : गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशसभा खारेज 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरदलीय राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

काठमाडौँमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै राष्ट्रपति गैरदलीय हुनुपर्ने र प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव गरेका हुन् ।

त्यसैगरी लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका लामिछानेले अहिलेकै अवस्थाको प्रदेश सभा कुनै हालतमा स्वीकार गर्न नसकिने पनि बताएका छन् ।

लामिछानेले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका प्रमुखहरू रहेको विधायिकाबाट कानुन बनाउने प्रस्तावमाथि छलफल शुरु गर्ने प्रस्ताव गरेका छन् । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ वटा मन्त्रालय राख्ने उनको प्रस्ताव छ । प्रतिवेदनमा संविधान संशोधनको एजेण्डा पनि समेटिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise