काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।
रास्वपाको राष्ट्रिय भेलामा बुधबार राजनीतिक प्रस्ताव पेस गर्दै सभापति रवि लामिछानेले महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।
उनले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।