२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा ओली र देउवालाई बुझाइयो

ADV
मध्यान्ह
२०८१ असोज २ गते २०:३१
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा ओली र देउवालाई बुझाइयो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ ।

बुधबार साँझ बालुवाटारमा कार्यदलले उनीहरुलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिइएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए । 

गत भदौ २३ गते कांग्रेस-एमाले नेतृत्वले सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेको थियो । 

न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यललमा एमालेबाट उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise