२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्रोत नखुलेको रकमसहित पक्राउ

ADV
मनु यादव निरज
२०८१ असोज २ गते २२:२२
स्रोत नखुलेको रकमसहित पक्राउ

सिरहा : प्रहरी चौकी कचनारी सिरहाका प्रहरी सहायक निरीक्षक बिरेन्द्र साहको कमाण्डमा खटिएको टोलीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । 

टोलीले सिरहाको बारियारपट्टी गाउँपालिका वडा नं. १ गोरगम्मा बोर्डरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको व्यक्तिलाई १६ लाख रूपैयाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका वडा नं. २ खोक्सिटोल बस्ने ४८ वर्षीय ललित दास रहेका छन् । 

कम्मरमा सेतो गम्छामा बाँधी नेपालतर्फ ल्याउँदै गरेको उक्त रकम  र मोटरसाइकलसहित दासलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise