काठमाडौं : ब्ल्याक बेल्ट कमिटि रुपन्देहीको दोस्रो अधिवेशन शुद्धोधन गाउँपालिका वडा नं. २ रुपन्देहीमा सम्पन्न भएको छ । जापान गोजुरियो कराते डो केन्वाकाई संघ, नेपालका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही प्रमुख प्रशिक्षक रवि रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले मेख बहादुर क्षेत्रीको अध्यक्षतामा ९ पूर्ण र २ बैकल्पिक गरि ११ सदस्यीय समिति चयन गरेको हो ।
समितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विमल श्रेष्ठ, आशिष गौतम, होम गुरुङ, मन्दिरा क्षेत्री चयन भएका छन् । पूर्ण सदस्यहरुमा मनिस पाण्डे, अनुपम ज्ञवाली, निर्मला बराल, सुजन पराजुली चयन भएका छन भने बैकल्पिक सदस्यहरुमा अंकिता केसी र अनिस केसी चयन भएका छन् ।
सल्लाहाकारहरुमा यम कुमारी थापा मगर, सुजन घिमिरे, मिलन निहुरे, सागर थापा मगर र गणेश थापा रहनु भएको छ । उक्त अधिवेशनमा जापान गोजुरियो कराते डो केन्वाकाई संघ, नेपालका केन्द्रीय सदस्य तथा एशियन रेफ्री सन्दिप थापा, खेलप्रेमी तथा युवा व्यवसायी मिलन निहुरे, पूर्व खेलाडी तथा समाजसेवी गणेश थापा, अभिभावक बिजेन्द्र अर्याल र विकास थापाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
उक्त कार्यक्रममा महिला हिंसा विरुद्धको १ महिने आत्मरक्षा तालिममा प्रशिक्षकको रुपमा सहभागी भएका मेख बहादुर क्षेत्री, होम गुरुङ, अशिष गौतम र गणेश थापालाई प्रमुख अतिथिद्वारा खादा लगाई सम्मान गरिएको थियो । यम कुमारी थापा मगरको अध्यक्षता, मन्दिरा क्षेत्रीको स्वागत र मेख बहादुर क्षेत्रीको सञ्चालनमा उक्त अधिवेशन सम्पन्न भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies