२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

ADV
मध्यान्ह
२०८१ असोज ३ गते १०:५१
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौँ : टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ । 

बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । 

समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेका  थिए । सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

संविधान दिवसकै अवसरमा बिहीबार साँझ नागरिक तहबाट काठमाडौँको दरबारमार्गमा विशेष सांगितिक प्रस्तुतीसहितको कन्सर्ट आयोजना गरिँदैछ ।

ADVADV

सम्बन्धित खबर

Advertise