२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रुसी गोला बारुदको डिपो ध्वस्त पारेको युक्रेनको दाबी

ADV
मध्यान्ह
२०८१ असोज ३ गते १४:०२
रुसी गोला बारुदको डिपो ध्वस्त पारेको युक्रेनको दाबी

किभ : युक्रेनले रातभर गरेको ड्रोन आक्रमणले पश्चिमी रुसको टीभर क्षेत्रमा रहेको गोला बारुदको एउटा ठुलो डिपो ध्वस्त भएको बताइएको छ । युक्रेनको सुरक्षा सेवा (एसबीयू)को एक स्रोतले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको हो ।

युक्रेनी ड्रोनले रुसको रक्षा मन्त्रालयले टोरोपेट्स सहरमा चलाइरहेको गोदामघरलाई निशाना बनाएको छ । यहाँ इस्कन्दर, तोच्का–यू जस्ता रणनीतिक मिसाइल प्रणालीको साथै गाइडेड एरियल बम र गोलाबारुद जम्मा पारेर राखेको स्रोतको भनाई छ ।

ड्रोन आक्रमण पछि डिपो माथिको आकाशमा ठुलो आगो लागेको क्षेत्रीय सरकारले भनेको छ ।  यो घटनापछि गभर्नर आइगोर रुदेन्याले आंशिक इभ्याकुएशनको आदेश नै दिएका थिए । ड्रोन आक्रमणका कारण विस्फोट भएपछि भूकम्पीय हलचल पनि भएको बताइएको छ ।  

ADVADV

सम्बन्धित खबर

Advertise