२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अवैध लागुऔषधसहित तीन जना पक्राउ

ADV
मध्यान्ह
२०८१ असोज ३ गते १७:१०
अवैध लागुऔषधसहित तीन जना पक्राउ

कैलालीः धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पर्दाथसहित पक्राउ गरेको हो । 

साथै सर्लाहीको हरिवन नगरपालिका-३ डाबरी टोल बस्ने ४० वर्षीया शान्ती माया थिङ्लाई अवैध लागुऔषध गाँजा करिब ३ किलो ७ सय ९० ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर र पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise