२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सडकमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू : रास्वपा

ADV
मध्यान्ह
२०८१ असोज ३ गते १७:११
सडकमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू : रास्वपा

काठमाडौँ : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारविरुद्ध सडक आन्दोलनमा जानुपर्ने हुन सक्ने भएकाले नेता कार्यकर्तालाई तयार रहन निर्देशन दिएको छ ।

दुई दिनसम्म चलेको रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी तीनवटै मोर्चामा सक्रिय हुनुपर्ने उल्लेख गरेका छन् । उनले संगठन, संसद र सडक (तीन वटै मोर्चा) मा पार्टीले तत्काल खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने मुद्दाबारे भेलाले गर्ने निर्देशअनुसार केन्द्रीय समितिले विस्तृत कार्ययोजना बनाएर लागू गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यसअघि प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टी पंक्तिलाई कांग्रेस, एमाले मिलेर बनेको सरकारविरुद्ध जुनसुकै बेलामा सडक आन्दोलनमा जानुपर्ने हुन सक्ने भएकाले तयार रहन परिपत्र पठाएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise