२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

Nada
२०८१ असोज ४ गते १४:२७
Shares
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेका हुन् । 

ncell

सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको बताए । उनले वित्तीय सङ्घीयता अन्तर्गत राजस्व बाँडफाँड, वित्तीय समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा, तीनै तहको सरकारको खर्च जिम्मेवारी पूरा गर्ने तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस गर्ने लगायतका जिम्मेवारी अनुरुप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर