२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

वीरगञ्जका ३२ वडामा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने

shivam cement
ध्रुव अधिकारी
२०८१ असोज ४ गते २०:४८
वीरगञ्जका ३२ वडामा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा महानगरका ३२ वटै वडाका नागरिकको पहुँचमा सुरक्षित र स्वच्छ खानेपानी पुर्‍याउन गुरुयोजना बनाउने भएको छ । 

खानेपानी संस्थान, युनिसेफ र वीरगञ्ज महानगरपालिका बीच शुक्रबार सम्पन्न बैठकमा महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जका ३२ वटै वडामा देखिएको खानेपानी समस्यालाई समाधान गर्न महानगरपालिकालाई युनिसेफ र खानेपानी संस्थानको सहयोग आवश्यकता रहेको जोड दिएका थिए । 

उनले स्वच्छ र सुरक्षित खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न गुरु योजना बनाएर कार्यान्वयन गर्न ढिलाइ भइरहेको भन्दै छिटो योजनालाई कार्यान्वयनमा लैजान जरुरी रहेको समेत बताए । 

नगर प्रमुख सिंहले सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु महानगरको मुख्य प्राथमिकता भएको बताउँदै सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्न लागेकोमा खुशी समेत व्यक्त गरे । 

बैठकमा खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्य योजना लागु गर्ने निर्णय भएको छ ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा उप–प्रमुख इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक त्रिदिप कुमार श्रेष्ठ, इन्जिनियर निरण महर्जन, प्रविण कुमार साह, युनिसेफका प्रमुख इरफान एस, सुरेन्द्र बाबु ढकाल, सिद्धि श्रेष्ठ, महानगरपालिकाका प्राविधिक सल्लाहकार इन्जिनियर प्रकाश अमात्य, राकेश साह लगायतको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise