२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

ADV
मध्यान्ह
२०८१ असोज ५ गते ०८:३६
राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन् । अध्यक्ष लिङ्देन लन्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रियामा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । 

पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार उनले छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुका साथै विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत कार्यक्रममा पनि सहभागी हुनेछन् भने नेपाली समुदायसँग पनि भेट गर्नेछन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा अध्यक्ष लिङ्देनसहित उनकी धर्मपत्नी सीता थापा लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की सहभागी छन् । अध्यक्ष लिङ्देन असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise