२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

भन्सार छलीका सामग्री बरामद

ADV
मध्यान्ह
२०८१ असोज ५ गते २१:५०
भन्सार छलीका सामग्री बरामद

हेटौंडा : मकवानपुरमा सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध भन्सार छली आएका विभिन्न सामग्रीहरु धमाधम बरामद हुन थालेको छन् ।

यसै क्रममा शुक्रबार प्रहरी बल नेपाल १४ नं हेडक्वाटरले १४ केजी गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक बीर बहादुर लामाको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

प्रहरी टोली  देख्नसाथ लेवट सामुदायिक बनबाट हेटौंडा आउँदै गरेका दुई जना व्यक्ति झोला छोडेर भागेका थिए । उक्त स्थान हेटौंडाबाट करिब ७ किमी पश्चिम रहेको छ ।

केही दिन अगाडि पनि भारतीय तिर्थयात्री रहेको बसमा करिब ३ लाख मूल्य बराबरको सुनको धातु लेपन गर्ने केमिकल, चिनी, कपडा लगायतका सामान बरामद भएको थियो ।

बरामद गरिएका सामान वीरगञ्ज भन्सार कार्यालय पठाइएको  सशस्त्र प्रहरी बल नेपाल १४ नं. हेडक्वाटर  गणपति प्रहरी उपरीक्षक ज्ञान प्रसाद भुर्तेलले जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise